आज:  | Sat, 27, Jul, 2024

विद्यालयबाट घर फर्किने क्रममा चितवनमा १३ वर्षीय बालक बेपत्ता

२० फाल्गुन २०८०, आईतवार ०८:१६ मा प्रकाशित ( ४ महिना अघि) २७१ पाठक संख्या
नारी बाटिका


चितवन- २० फागुन ।

चितवनमा विद्यालयबाट घर फर्किने क्रममा कक्षा ५ मा अध्ययनरत एक १३ वर्षीय बालक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका– १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका हुन् ।

पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए । उनी विद्यालयबाट घर फर्किदै गिर्दा बचबाटै बाट बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।

ति बालक विद्यालयले ट्युसन पढ्न भनेर शनिवार राखेको ट्युसन कक्षाका लागी भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उनी विद्यालय गएका थिए।

हिजो शनिबारदेखि बालक बेपत्ता भएको र उनको तिब्र रुपमा खोजी कार्य भैरहेता पनि अहिलेसम्म बालक नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस