आज:  | Sun, 05, May, 2024

धादिङका पूर्णबहादुर गुरुङ सहित रुसी सेनामा थप सातजना मृत्यु हुनेको संख्या २२ पुग्यो

२ चैत्र २०८०, शुक्रबार ०७:४४ मा प्रकाशित ( १ महिना अघि) १६९ पाठक संख्या
नारी बाटिका


काठमाडौं, २ चैत ।

धादिङका पूर्णबहादुर गुरुङ सहित रुसी सेनामा सेनामा गएका,थप सातजना नेपालीको मृत्यु भएको छ । यससंगै मृत्यु हुन नेपालीको संख्या २२ पुगेको छ । अवैध रुपमा नेपालबाट गइ रूसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या २२ पुगेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

बिहिबार परराष्ट्रमन्त्रालयले थप सातजनाको मृत्यु भएको पुष्टि गरेसँगै मृत्यु हुनेको संख्या २२ जना पुगेको हो । हिजो परराष्ट्र मन्त्रालयबाट प्रकाशित विज्ञप्तीमा उल्लेख गरिए अनुसार पछिल्लो पटक मृत्यु हुने सात जना मध्य धादिङका पूर्णबहादुर गुरुङ, समेत रहेका छन् ।

यसैगरी मृत्यु हुनेमा जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवा घर भएका सुन्दर मोक्तान रहनु छन् ।

यसअघि नै रुसी सेनामा गइ १४ जनाको भने मृत्यु भएको सरकारले पुष्टि गरिसकेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस