आज:  | Tue, 30, Apr, 2024

कान्छी श्रीमतीले प्रेमीलाई पैसा दिएर आफ्ना् श्रीमानको हत्या

१० चैत्र २०८०, शनिबार १०:४४ मा प्रकाशित ( १ महिना अघि) २८७ पाठक संख्या
नारी बाटिका


१० चैत ।

कास्कीमा श्रीमतीले प्रेमीलाई पैसा दिएर आफ्ना् श्रीमानको हत्या गरेकी छन् । कास्की जिल्लाको मादी गाउँपालिका(१ तउरेतीमा मृत भेटिएका जुगल गाउँपालिका–३ गुम्बास्थित बोल्देमा बस्ने ३६ वर्षीय रामबहादुर तामाङ हत्या श्रीमतीले नै गराउन लगाएको खुलेको हो।

चैत ३ स्थित तउरेती सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब ३० मिटरको दुरीमा तामाङको शव पाखामा फेला परेको थियो। मृतकको शवको प्रकृती हेर्दा बाटो हिँड्ने क्रममा लडेर मृत्यु भएको जस्तो देखिएको भएतापनि कास्की प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशङ्कामा प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा स्थानीयवासीसँग गरिएको सोधपुछ, सीसीटिभी फुटेजका संकेत, शवको प्रकृति र घटनास्थलमा भेटिएका प्रमाण लगायतको आधारमा उनको हत्या नै भएको देखिएपछि प्रहरीले घटनाका विषयमा गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ ।

मृतक रामबहादुरको टाउकोमा पछाडिबाट ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको छ । हत्यामा उनकै कान्छी श्रीमती च्याङमा लामा भन्ने ३५ वर्षीया कान्छी लामा तामाङ पेम्बा र उनका प्रेमी ३० वर्षीय धनबहादुर लामा भन्ने धन लामाको संलग्नता रहेको रहस्य खुलेको हो।

कान्छी लामाका पे्रम धनबहादुर लामा मजदुरी गर्दै आएका र उनका स्थायी ठेगाना सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका(१ रहेको र कान्छी लामा साँगाचोकगडी नगरपालिका–५ स्थित चौतारा बजारमा डेरा गरी बस्दै आएको अनुसन्धानमा खुलेको कास्की प्रहरीले बताएको छ।

यसैगरी उक्त घट्नामा सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–६ का करिब १८ वर्षका अन्य दुई जना किशोरहरु पनि संलग्न रहेको हुनसक्ने अनुमानमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

पक्राउ परेका चारै जनासँग अनुसन्धानको क्रममा श्रीमती कान्छी लामा मृतक रामबहादुर तामाङसँग अलग्गिएर बस्ने योजना बनाएको र त्यसका लागि खर्च रकम तयार गरिसकेको कुरा आफ्नो प्रेमी अभियुक्त धन लामालाई समेत बताएको खुलेको छ।

अर्को तर्फ मृतक रामबहादुर तामाङ र धन लामा बीचमा पुरानो रिसिइवी पनि भएको खुलेको छ। पाँच वर्ष अगाडि सिन्धुपाल्चोकस्थित एक हाइड्रोपावरमा काम गर्दा उनीहरूबीच झगडा भएको प्रहरीले जनाएको छ। धनबहादुरले मृतकसँगै एक्स्काभेटर सहचालकको रूपमा काम गर्ने क्रममा रामबहादुरले धन लामाको टाउकोमा ढुङ्गाले प्रहर गरेर चोट दिएपछि त्यसको रिसमा धन लामाले मृतकसंग वदला लिएको समेत खुलेको छ।

धन लामाको पुरानो रिसइवी भएसंगै कान्छी लामाले समेत ‘यसलाई हाम्रो जिन्दगीबाट पन्छाउनु पर्‍यो म पैसा दिन्छु’ तिमी उसलाई मारीदेउ भनेर बचन दिएकोले उक्त घटना भएको पुष्टि भएको हो । मृतकका कान्छी श्रीमती र उनका प्रेमीको योजना अनुसार गत चैत १ गते सिक्लेस स्थित हाइड्रोपावर तर्फ जाने क्रममा मृतक लगायत चार जनाले बाटोमा मादक पदार्थ सेवन गरेको र बाटोमा हिँडिरहेको अवस्थामा रामबहादुरले धन लामालाई गाली गरेपछि धनबहादुरले ज्यान लिने उद्देश्यले पछाडिबाट ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रहरी अनुसन्धानको क्रममा खुल्न आएको हो।

धन लामाले रामबहादुरलाई ढुंगाले प्रहार गरेपछी उनी ढलेर घोप्टो परेको अबस्थामा मुक्का प्रहार गर्दा समेत नचलेपछि घिसारेर बाटोको २५ मिटर तल लगी एकान्त खोल्सामा फालेका अभियुक्तहरुले बयान दिएका छन्।

उनीहरूले मृतकको साथमा रहेको मोबाइलको पार्टपुर्जा छुट्टाएर  भिरमुनिको जङ्गलमा फालेको र मृतकको साथबाट  दुई हजार रुपैयाँ समेत निकाली झोला र कपडा भने  झाडीमा लुकाइ दिएका थिए।

रामबहादुरको हत्या गरी धनबहादुरले कान्छी लामालाई फोन गरी अन्य दुई जनाले हत्या गरेको देखेकाले उनीहरूलाई हल्ला नगर्न पैसा दिनको लागी पैसा पठाउन भनेका थिए। त्यसपछी कान्छी  लामाले ‘ई सेवा’मा जम्मा गरिदिएको ९० हजार निकाल्न मुख्य अभियुक्त धन लामा नै काठमाडौं पुगेर रकम निकालेका थिए। उक्त रकमबाट २०/२० हजार रुपैयाँ छे–दोर्जे लामा र फुर्वा लामालाई दिई बाँकी  ५० हजार रुपैयाँ आफूले नै राखेको बयानका क्रममा खुलेको हो ।

मृतक रामबहादुर र कान्छी श्रीमती लामाबिच ५ /६ वर्ष अगाडिदेखि मनमुटाव रहेकोले उनिहरु अलग बस्दै आएका थिए । यता रामवहादुरका जेठी श्रीमतीले सौता ल्याएको                थाहा पाएपछी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जेठी श्रीमतीले  बहुबिहेमा  जाहेरी दिएपछी  रामबहादुर जेल परेका  थिए।

वहुबिवाहमा जेल परेका रामवहादुर अदालतको आदेशबाट ६ / ७ महिनामा कारागारबाट छुटेका र त्यसपछी कान्छी श्रीमतीसंग झनै  खट्पट्  हुन थालेको अनुसन्धानका क्रममा खुलेको छ।

पक्राउ परेका चार जनालाई नै कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

तस्वीर : अनलाईन बाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस