आज:  | Mon, 29, Apr, 2024

नीलकण्ठ बहुमुखी क्याम्पसको आज प्रथम दीक्षान्त समारोह सम्पन्न,(फोटोफिचर)

१० चैत्र २०८०, शनिबार २०:५४ मा प्रकाशित ( १ महिना अघि) २८३ पाठक संख्या
नारी बाटिका


धादिङ १० चैत ।

 धादिङको निलकण्ठ नगरपालिकास्थित निलकण्ठ बहुमुखी क्याम्पसको पहिलो दिक्षान्त समारोह  सम्पन्न भएको छ । क्याम्पस संन्चालक समितीका अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षतामा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा पहिलो पटक क्याम्पसले दिक्षान्त कार्यक्रम सम्पन्न गरेको हो । 

क्याम्पसद्वरा शनिबार धादिङवेशीमा आयोजित प्रथम दीक्षान्त समारोहमा १७७ जनाले प्रमाणपत्र लिएका छन् । कार्यक्रलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि रिजालले युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने पक्षमा आफु नरहेको बताउनु भएको छ । उहाँले युवा, विद्यार्थी र महिलाहरुले राजनीतिलाई बालै फरर भनेको दिन देशको विकास हुने बताउनु भयो ।

 कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यता,वागमती प्रदेश सांसद गोविंद प्र.लम्सालको विशेष आतिथ्यता, निलकण्ठ नगरपालिकाका मेयर भिम प्र..ढुंगानाको विशेष आतिथ्यता रहेंको थियो । 

क्याम्पसमा सुरुदेखी शैक्षिक सत्र २०७९ तथा शैक्षिक सत्र २०८० को असार मसान्तसम्म उत्तिर्ण भएका करिव १७ सय विद्यार्थीहरुमध्ये १८८ जनाले दीक्षान्तको लागी फारम भरेका भएता पनि प्रमाणपत्र लिनको लागी भने आज १७७ जनाको सहभागिता भएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%३%

प्रतिक्रिया दिनुहोस