
नारी बाटिका
काठमाडौं -११ चैत ।
पहामडी भेगमा आज र तराई क्षेत्रमा होली पर्व धुमधामको साथ मनाईदछैछ । यस पर्वलाई मर्यादित र सुरक्षित बनाउनको लागी काठमाडौं उपत्यकामा मात्रै ३ हजार सुरक्षाकर्मी तैनाथ भएका छन् । होली पर्वलाई मर्यादित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस्तै आज र भोली दुईदिन सम्म मनाईने होली पर्वलाई ध्यानमा राखी जिल्ला प्रहरी परिसर काठमाडौंले तीन हजार सुरक्षाकर्मी खटाएको जनाएको छ ।
यसैगरी होली पर्वका दिन काठमाडौं उपत्यका लगायत देशका सबै जसो जिल्लाहरुमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसें) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउने लगायतका क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो ।
यस वर्षको होली पर्वका लागि दुई हजार पाँच सय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको संख्यामा सुरक्षा टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको भन्दै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, केटीहरुलाई जिस्काउने लगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस