आज:  | Sat, 27, Apr, 2024

सपुर्दगी सन्धि नहुँदा जीवी राईलाई ल्याउन गाह्रो भयो :आईजीपी वसन्त कुँवर

१४ चैत्र २०८०, बुधबार १७:०७ मा प्रकाशित ( १ महिना अघि) २६१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १४ चैत।

निकै लामो समयदेखी चर्चामा रहेको सूर्यदर्शन सहकारी ठगीको प्रकरणमा जिवी राईलाई कानुनी दायरामा ल्याउन सकेको छैन । (यसको लागी प्रहरीको भनाई छ सपुर्दगी सन्धि नहुँदा जीवी राईलाई कानुनी दायरामा ल्याउन गाह्रो भयो ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीवी राई नै भएको बताउनु भएको छ । यस्तै राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उहाँले भन्नु भयो, ‘सबै इस्यूको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौँ ।’

यस्तै राई विरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको आईजीपी कुँवरले बताउनु भएको छ । ‘उहाँले राई मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सपुर्दगी सन्धि छैन भन्नु भयो। मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ’, कुँवरले भन्नु भयो ‘मलेसिया सरकारले सपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पत्र पठाइसकेका छौँ ।’

तर राई बिरुद्ध पक्राउको लागी पत्र पुग्दा पनि सर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उहाँको भनाई छ । यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको बताउनु भयो ।

साथै सहकारी ठगी प्रकरणमा हाल सूर्यदर्शन सहकारीसँग जोडिएका ५ जना पुर्पक्षका लागि थुनामा छन् भने १५ जना व्यक्तिहरु फरार रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस