आज:  | Sat, 27, Apr, 2024

हराएको महिला फेला पारी आफन्तलाई जिम्मा लगाईएको

१४ चैत्र २०८०, बुधबार २०:०३ मा प्रकाशित ( १ महिना अघि) २५३ पाठक संख्या
नारी बाटिका


धादिङ १४ चैत ।

धादिङ प्रहरीले हराएकी महिलालाई खोजतलासबाट फेला पारी निजका अभिभावकलाई बुझाएको छ । गत फागुन २९ गतेदेखी हराएकी निलकण्ठ नगरपालिका ९ बस्ने लाल बहादुर गुरुङकी छोरी वर्ष २२ की ज्ञानु माया गुरुङलाई फेला पारी निजका अभिभावकलाई बुझाईएको हो ।

लाल बहादुरले आफ्नी छोरी हराएको हुदाँ खोजतलास गरी पाउँ भनी निजको फोटो सहितको हुलिया निवेदन जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको निवेदनको आधारमा प्रहरीले विभिन्न संन्चार माध्यमहरुलाई समेत जानकारी गराई हराएकी निज महिलाको तिबैगतिमा खोजतलास गरेको थियो ।

खोजतलास गर्ने क्रममा १४ दिन पछी चैत १२ गते धादिङ जिल्ला नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ स्थित फेला पारी प्रहरी कार्यालयमा ल्याएको र निजको आमा राम्री मायाँ गुरुङको साथमा जिम्मा लगाई पठाईएको हो ।

यसैगरी प्रहरी कार्यालय धादिङले गत भदौ ४ गतेदेखी नीलकण्ठ नगरपालिका वडा नं. ४ रायटार बस्ने बल बहादुर पौडेलको हराएको सेम्सुङ मोवाईल फोन खोजतलास गरी बुझाएको छ ।

पौडेलले नीलकण्ठ नगरपालिका वडा नं.३ धादिङवेशीबाट मोवाइल फोन हराएको भनि प्राप्त भएको निवेदनको आधारमा खोजतलास गरी फेला पारी आज जिल्ला प्रहरी कार्यालय धादिङले सम्बन्धित मोवाइल धनिलाई बुझाईएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस