आज:  | Tue, 30, Apr, 2024

आज दिउँसो कास्कीमा जीप दुर्घटना हुँदा १२ जना घाइते

१८ चैत्र २०८०, आईतवार १९:२६ मा प्रकाशित ( ४ हफ्ता अघि) १८८ पाठक संख्या
नारी बाटिका


पोखरा-१८ चैत ।

आज दिउँसो कास्कीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज (आइतवार) दिउँसो जीप दुर्घटनामा परी १२ जना घाइते भएका हुन्।

आईतबार दिउँसो पोखराबाट अन्नपूर्णको भदौरे तर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जीप सल्लाघारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनु भयो ।

रानाका अनुसार घटनास्थलबाट घाइतेहरुको उद्धार गरी उपचारका लागि पोखरा तर्फ ल्याइँदै छ भने घाइतेको अवस्था एकिन हुन बाँकी रहेको बताउनु भयो । पोखराबाट घटनास्थल २९ किलोमीटर टाढा पर्छ।

उक्त घटना स्थलमा खटिएका प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरेको थियो । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस