
काठमाडौं २२ चैत।
नेपाल प्रहरीका १९ जना इन्सपेक्टरहरुलाई डीएसपीमा बढुवाको लागी सिफारिस गरेको छ ।
प्रहरी निरीक्षक (इन्सपेक्टर)प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको हो । हिजो (बुधबार) बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको जनाएको छ ।
प्रहरी नायव उपरिक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहनु भएको छ ।
उहाँको अंक ९७. २१६० रहेको छ । दोस्रो नम्बरमा ऋषिराम घर्तीमगर रहनु भएको छ । घर्तीमगरको अंक ९७.०१६० रहेको छ ।













प्रतिक्रिया दिनुहोस