
नारी बाटिका
भगवती बिबियु
नारी बाटिका संवाददाता
काठमाडौँ २५ चैत।
आज देशको प्रदेशका केही स्थानहरुमा हल्का वर्षा र हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी, मधेस प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ , साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहको छ।
आईतबार दिउँसोतिर देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरु र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। कोशी साथै मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।
आज राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ । साथै वर्षायाम सुरु भएसंगै वर्षा,हावा–हुरी,हिमपातको सम्भावना रहने भएकोले नागरिकहरुमा सचेत रहन अनुरोध गरिएको छ ।








प्रतिक्रिया दिनुहोस