आज:  | Tue, 30, Apr, 2024

धादिङको कृष्णभीरमा दुर्घटना हुंदा जनमतका उपाध्यक्ष अब्दुल खान सहित ४ जना घाइते

२६ चैत्र २०८०, सोमबार १६:४१ मा प्रकाशित ( ३ हफ्ता अघि) २८५ पाठक संख्या
नारी बाटिका


धादिङ- २६ चैत ।

धादिङको कृष्णभीरमा दुर्घटना हुंदा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ४ जना घाइते भएका छन् । शोमबार भएको कृष्णभीरको दुर्घटनामा परी जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते हुनु भएको हो।

पूर्वखानेपानी मन्त्री एवं् जनमत पार्टीका नेता अब्दुल खान र उहाँका निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा खान सहित ४ जना घाइते भएका छन् । उक्त दुर्घटनामा परी खानको हात फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

खान आज विहानै सचिवायलका सदस्य सहित बर्दिया जान लागेका वेला गाडी दुर्घटना भएको थियो । गुडीरहेको अर्को गाडीलाई जोगाउने क्रममा उहाँ चढेको गाडी भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। अहिले खानको ट्रमा सेन्टर काठमाडौमा उपचार भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस