आज:  | Tue, 30, Apr, 2024

भारतको नैनातालमा भएको दुर्घटनामा परी घर फर्केका ७ नेपाली सहित ८ जनाको मृत्यु

२८ चैत्र २०८०, बुधबार ०८:३२ मा प्रकाशित ( २ हफ्ता अघि) ३३६ पाठक संख्या
नारी बाटिका


२८ चैत ।

भारतको नैनाताल नजिकै भएको दुर्घटनामा परी ७ नेपाली सहित ८ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति भएको सवारी दुर्घटनामा परी सात जना नेपाली सहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको हो ।

बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुमा नेपाली नयाँवर्ष मनाउन घर फर्केका विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् ।

मृतक नेपालीहरु अधिकाँश जस्तै कञ्चनपुर र महेन्द्रनगर निवासी रहेको टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु आउदै गरेको नेपाली नयाँ वर्ष मनाउन घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।

मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको  भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस