आज:  | Tue, 30, Apr, 2024

ऋण लिएर नतिर्ने दुई हजार५०३जना ऋणीहरुको तिनपुस्ते विवरण सहित परे लघुवित्तको कालोसुचीमा

२८ चैत्र २०८०, बुधबार १९:३८ मा प्रकाशित ( २ हफ्ता अघि) ३२३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ चैत।

ऋण लिएर समयमा नतिर्ने २५ सय ३ जना ऋणीहरुको नाम र तिनपुस्ते विवरण सहित लघुवित्तको कालोसुचीमा परेका छन् । चालु आर्थिक बर्ष २०८०–८१ मा लघुवित्त वित्तिय संस्थाका दुई हजार ५०३ जना ऋणी कालोसुचीमा परेका हुन् । कर्जा सुचना केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चैत २७ गतेसम्म सो बराबरको ऋणी कालोसुचीमा परेका पाइएको छ ।

त्यसो त गम्भिर रुपमा हेर्ने हो भने समुदायका केही ईमान्दार व्यक्तिहरु ऋण लिएर गैइसकेपछी आर्थिक अवस्था कमजोरी कै कारण तेही ऋणबाटै घरखर्च चलाउनु पर्ने वाध्य पनि भएकोले ऋण तिर्न समस्या परेको देखिन्छ । तर पछिल्लो समयमा बदमासी गर्न खोज्ने केही तत्वहरुको पछी लागी हल्लाको भरमा ऋण मिनाहा गछौं भन्दै झुट्टा कुरा गर्नेहरुले ऋण तिर्न नसकेको भन्दै सार्बजनिक संघसस्था तथा निकायको पैसा ठगी गर्न खोज्न प्रवृती बढ्दै गएपछी लघुवित्तहरुले उनीहरुलाई तिनपुस्ते विवरण सहित कालोसुचीमा राख्न सिफारिस गरेको थियो ।

त्यसपछि कर्जा सुचना केन्द्रले उनीहरुलाई कालोसुचीमा राखेको हो । कालोसुचीमा पर्ने व्यक्ति तथा कम्पनीले बैंकबाट कर्जा सुविधा पाउन सक्दैनन् ।
यसअघि लघुवित्तका ऋणीलाई कालोसुचीमा राख्ने व्यवस्था थिएन । तर, चालु आवदेखि भने लघुवित्त तथा संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीलाई पनि कालोसुचीमा राख्न सुरु गरिएको छ, यसको तथ्यांक कर्जा सुचना केन्द्रले छुट्टै सार्वजनिक गर्दै आएको छ ।

हाल लघुवित्त क्षेत्रमा देखिएको समस्या र आर्थिक शिथिलता कारण नै यस्ता ऋणीहरु कालोसुचीमा पर्न बाध्य भएको बताइन्छ । बिगतमा नियमनकारी निकायको भुमिका नहुँदा, जथाभावी ऋण प्रवाह हुँदा र ऋणीहरुले जथाभावी ऋण लिएका कारण लघुवित्तमा अहिले समस्या आएको हो । पछिल्लो समयमा आर्थिक मन्दी र आर्थिक अवस्थामा आएको गिरावटले पनि मानिसहरुलाई ऋण तिर्न समस्या परिरहेको देखिन्छ ।

अर्को तर्फ एउटै व्यक्तिले बैंक,सहकारी,लघुवित्त लगायत एक दर्जन भन्दा बडी बैंक तथा वित्तिय संस्थाबाट कर्जा ल्याएका तथ्यहरु पनि पाईन्छ । एउटा लघुवित्तबाट ल्याएको कर्जा तिर्न अर्को लघुवित्तबाट कर्जा ल्याउने र लघुवित्तको चर्को ब्याजदर तिर्न नसक्दा ऋणमाथि ऋण बढ्दै जाने अवस्थाले पनि लघुवित्त संस्थाको कारण सहकारी संस्थाहरुमा समेत समस्या सिर्जना भएको हो ।

यस्तै, बिगतमा केही समूहले लघुवित्तको ऋण नै नतिर्ने अभियान चलाएका थिए । लघुवित्तको ऋण सरकारले ऋण मिनाहा गर्नुपर्ने माग समेत अहिले चर्को रुपमा उठेको छ । यसको नेतृत्व व्यवसायी दुर्गा प्रसाइँले गरिरहेका छन् । ऋण मिनाहा हुने आशामा ऋण नतिर्दा पनि कालोसुचीमा पर्ने ऋणीहरुको संख्या बढेको लघुवित्तका सीईओहरुले बताएका छन् ।

यी समस्याहरु देशको मुलुकको ओरालो लाग्दो आर्थिक अवस्थाले मात्रै नभई लघुवित्तले तोकिएको सिमा र दायराभन्दा बाहिर गएर कर्जा प्रवाह गर्ने गरेकाले समस्या आएको जानकारहरु बताउछन् । लघुुवित्तहरुले आफ्नो मुल सिद्धान्त भन्दा बाहिर गएर बढी नाफा कमाउने होडमा काम गरेका थिए । लघुवित्त संस्था खोल्न दिने र त्यसको शेयरबाट मालामाल हुने खेलमा ठूलो गिरोह नै लाग्दै आएको समेत पाईन्छ।

कतिपय लघुवित्तका कर्मचारीले ऋणीलाई ऋण तिर्न मिटर व्याजमा समेत व्यक्तिगत कर्जा दिएको पाईएको छ । ऋण अशुल गर्न अनावश्यक दबाब दिने, शर्त राख्ने, नाजायज सम्वन्ध राख्न प्रलोभन राख्ने आदी कारणले पनि मानिसहरुको लघुवित्तप्रतिको धारणा नकारात्मक हुँदै गएको हो । आर्थिक मन्दीले साना पेशा, व्यवसायीको व्यवहार बिग्रिएका,फाईनान्स झै चलेका र सहकारीको सिद्धान्त र मुल्यमान्यता विपरित संन्चालन भएका देशका केही सहकारी संस्थाहरुको बदमासीका कारण सदस्यको बचत हिनामिना भई फिर्ता दिन नसकेका कारण ऋण तिर्न नसकेकोले कालोसुचीमा पर्ने क्रम पनि बढेर गएको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस