आज:  | Tue, 30, Apr, 2024

डोल्पा डढेलोमा च्याउ टिप्न जाँदा घाइते भएका तीनै बालकको मृत्यु

१ बैशाख २०८१, शनिबार १६:४८ मा प्रकाशित ( २ हफ्ता अघि) १६५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १ वैशाख।
डोल्पा डढेलोमा च्याउ टिप्न जाँदा घाइते भएका तीनै बालकको मृत्यु भएको छ । शनिबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परी घाईते भएका तीनै बालकको मृत्यु भएको हो।

डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार गत बिहीबार आगलागीबाट गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको बताउनु भयो।

उपचारका क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज (शनिबार)मृत्यु भएको हो। आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार नै जिल्ला अस्पताल डोल्पामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

उनीहरु गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । एकै गाउँका तीन बालकको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । पालिकाको सहयोगमा घाइते दुई बालकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाएको थियो ।

घाईते बालकहरुको उद्धारको लागी लगिएको हेलिकप्टर भाडा मात्रै रु १६ लाख ५० हजार खर्च भएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताएका छन् । “खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ”, बताइएको छ ।

यसअघि पनि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन नेपाली सेनाको ज्यान गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस