आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

सट्टेबाजी खेलाएर वानएक्स बेट मार्फत ५७ करोड कारोबार, तीनजना पक्राउ

२०८१ बैशाख ३, सोमबार मा प्रकाशित ( १ साल अघि) १२००२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ वैशाख ।

सट्टेबाजी खेलाएर वान एक्स बेट मार्फत ५७ करोड कारोबार, गर्ने तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीले सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम संकलन गर्ने गरेका उनीहरूलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरू पक्राउ परेको बताउनु भयो।

‘पक्राउ परेका उनीहरुले विभिन्न मोबाइल नम्बर प्रयोग गरी २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको प्रवक्ता रेग्मीले बताउनु भयो। तिनैजनाको खाताबाट ५७ करोड ४१ लाख ५७ हजार १४७ बराबरको कारोबार गरेको प्रहरीको भनाइै छ।

प्रहरीले तीनै जनामाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद(५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न गराउन नहुने कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताउनु भयो।

यसैगरी उनीहरूसँग नौ थान मोबाइल, २१ थान सिमकार्ड, ल्यापटप दुई थान, सीपीयू एक थान, नगद २ हजार र विभिन्न सहकारीका पासबुक तथा बैंकका चेकबुक बरामद गरेको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर पठाएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस