आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

नेपाल प्रहरीका दुई डीआइजीलाई एआइजीमा बढुवाको सिफारिस

२०८१ बैशाख ४, मंगलबार मा प्रकाशित ( १ साल अघि) ६७०५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ चैत ।

नेपाल प्रहरीका दुई डीआइजीलाई एआइजीमा बढुवाको लागी सिफारिस भएका छन् । सिफारिसमा पर्नु भएकाहरु जनपद प्रहरीको समूह तर्फका दुई जना भीम प्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवामा सिफारिस भएका हुन्।

उहाँहरु प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआजी)मा बढुवाका लागि सिफारिस हुनु भएको हो।

त्यस्तै प्राविधिक समूह अन्तरगत इन्जिनियरिङ उपसमूहका प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका तर्फका डाक्टर देउती गुरुङलाई डीआएजीमा बढुवाका लागि सिफारिस हुनु भएको छ ।

बढुवाको लागी उहाँहरु सिफारिस हुनु भएको नेपाल प्रहरीको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिनु भयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस