आज:  | Thu, 02, May, 2024

काठमाडौँ उपत्यकाको सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेग्नै मुस्किल

७ बैशाख २०८१, शुक्रबार ०७:२८ मा प्रकाशित ( १ हफ्ता अघि) २८४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ- ७ वैशाख ।

विद्यार्थी नभएर विद्यालयनै बन्द हुने अबस्थामा, कतै त विद्यार्थी भर्नाको चाप निकै छ । पछिल्लो समयमा विद्यार्थी नभएर केही सरकारी विद्यालयनै बन्द हुने अबस्था आएको छ । तर उपत्यकाका सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्नाको चाप थेग्नै मुस्किल देखिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप निकै बढेको छ।

महानगरका अनुसार दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज पशुपति मित्र माध्यमिक विद्यालय (मित्रपार्क),रत्न राज्य माध्यमिक विद्यालय (मध्यबानेश्वर) लगायत विद्यालयमा विद्यार्थी भर्नाको चाप निकै छ।

यसैगरी, विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर),ज्ञानोदय माध्यमिक विद्यालय (बाफल),गीतामाता माध्यमिक विद्यालय (बिजेश्वरी)कोटेश्वर सरस्वती माध्यमिक विद्यालय (कोटेश्वर)मा विद्यार्थी भर्नाको चाप धेरै बढेको पाईएको छ।

नयाँ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ बाट भर्ना अभियान शुरू भएको हो। यो क्रम आज (७ )गते सम्म चल्ने महानगरपालिकाले जनाएको छ। भित्री शहरी क्षेत्रमा भएका सामुदायिक विद्यालयहरूमा भर्नाका लागि जनप्रतिनिधिहरू अहिले घरदैलो गरिरहेका छन् ।

यस्तै वडा नं। १८ को भक्त माध्यमिक विद्यालय (रक्तकालीमा विद्यार्थी भर्नाको लागी प्रभातफेरी गरिएको थियो । कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयका प्रतिस्पर्धी होइनन्, पूर्वाधार, साधन, स्रोत र उपकरण जस्ता भौतिक उपलब्धताले, शिक्षण सिकाइका लागि शिक्षक तालिमले गुणस्तरीय शैक्षिक क्रियाकलापमा अगाडि बताएका छन्।’

वडा २७ का अध्यक्ष योगेशकुमार खड्गीका अनुसार दरबार हाई स्कूलमा भर्नाका लागि विद्यालयको क्षमता भन्दा धेरै आवेदन परेकोले सबै विद्यार्थीलाई भर्ना दिन कठिन रहेको बताउनु भयो । यसैगरी कोटेश्वर सरस्वती माध्यमिक विद्यालय कोटेश्वरमा पनि, ‘दिनको कक्षामा भएको क्षमता १ हजार जना विद्यार्थीका लागि मात्रै छ । तर यस विद्यालयमा नयाँ ५ सयभन्दा बढी विद्यार्थीको आवेदन आइसकेको छ, भने अझै नयाँ आवेदन आउने क्रम पनि जारी छ।’

यस्तै गीतामाता माध्यमिक विद्यालयमा ‘यस शैक्षिक सत्रमा ४ सय थप विद्यार्थी भर्ना लिने लक्ष अनुसार,’ सो पुरा भएको छ । ज्ञानोदय माध्यमिक विद्यालयले भर्नाका लागि १ हजार ८५० वटा फाराम वितरण गरेकोमा नयाँ भर्ना सम्बन्धी प्रचारप्रशार गरिएकोमा ५५० जना नयाँ भर्ना लिन सकिनेमा सो भन्दा बढी आवेदन परिसकेको छ । अभिभावकहरू विद्यालयमा आएर भर्ना जसरी पनि गरिदिनुपर्छ भनिएकोले थेग्न मुस्किल भएको छ।’

त्रिपरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालय,सरस्वती निकेतन माध्यमिक विद्यालय,शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज,जनकल्याण माध्यमिक विद्यालय, बौद्ध लगायतका विद्यालयहरूले भर्ना लिँदा पहिलो आउनेलाई प्राथमिकता दिएको प्रधानाध्यापकहरूको भनाइ छ।

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ।

तस्वीर: अनलाईन साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस