आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

एनआईटीसी तत्कालीन उपनिर्देशक सुनिल पौडेल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर,८जनाले सफाइ पाए

२०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ९५९२ पटक पढिएको
नारी बाटिका


काठमाडौं -७ वैशाख।

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर भएका छन् । सोही प्रकरणमा ८ जनाले भने सफाइ पाएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका हुन् ।

आज (शुक्रबार) विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै पौडेललाई दोषी ठहर गरेको हो । दोषी ठहर भएका पौडेलको सजाय निर्धारणका लागि भने वैशाख २५ गते मिति तोकिएको छ ।

यस प्रकरणमा निलम्बित सचिव मधुकुमार मरासनी सहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । सुरक्षण मुद्रणको खरिदमा भ्रष्टाचार भएको भन्दै उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको तथ्य पुष्टी गर्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस