आज:  | Fri, 03, May, 2024

सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका पुन ४ लाख धरौटी नबुझाएपछि जेल चलान

७ बैशाख २०८१, शुक्रबार १९:३५ मा प्रकाशित ( १ हफ्ता अघि) १३९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ- ७ वैशाख ।

अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि उक्त धरौटी नबुझाएपछि दीपेश पुन जेल चलान भएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका पुन अदालतले धरौटीमा रिहा गर्न आदेश दियो तर सो रकम नबुझाएका कारण उनी थुनामा गएका छन् ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई रुपन्देही जिल्ला अदालतले शुक्रबार ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले तोकिएको सो धरौटी नबुझाएपछि थुनामा गएको रुपन्देही प्रहरीले बताएको छ ।

यसैगरी सोही प्रकरणमा धरौटी नबुझाएका नवीन अछामी पनि थुनामा गएका छन् । न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पनि थुनामा पठाउने आदेश दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस