आज:  | Sat, 04, May, 2024

कालापानी जंगलमा मोटरसाइकल दुर्घटनामा परी एकै पटक श्रीमान् श्रीमतीको निधन

११ बैशाख २०८१, मंगलवार ०८:५३ मा प्रकाशित ( १ हफ्ता अघि) २५१ पाठक संख्या
नारी बाटिका


महोत्तरी -११ वैशाख ।

बर्दिबासको कालापानी जंगलमा मोटरसाइकल दुर्घटनामा परी श्रीमान् श्रीमती नै एकै पटक निधन भएको छ । बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमती दुबैको एकै पटक मृत्यु भएको हो ।

दुर्घटनामा परेको बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलको पछाडी सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरू दुबैको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस