आज:  | Mon, 06, May, 2024

पछिल्लो समय जताततै डढेलो, म्याग्दीमा मात्रै डढेलोका कारण सात सय हेक्टर वन नष्ट

१२ बैशाख २०८१, बुधबार ०७:५९ मा प्रकाशित ( १ हफ्ता अघि) ९१ पाठक संख्या
नारी बाटिका


म्याग्दी- १२ वैशाख ।

पछिल्लो समय म्याग्दी जिल्लामा मात्रै डढेलोको कारण सात सय हेक्टर वन जलेर नष्ट भएको छ । यस्तै गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी डढेलोको नोक्सानी म्याग्दी जिल्लामा परेको छ । केही दिन यता पैतालिस दिनको अवधिमा म्याग्दी जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र जलेर सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यसो त वर्षेनी चैत सुरु भएसंगै नेपाल सरकारको सहयोगमा जिल्लास्थित डिभिजन वन कार्यलयले डढेलो बिरुद्धमा जनचेतना जगाई रहेको हुन्छ । तरपनि स्थानीयवासीले घाँस र दाउराको प्रलोभनमा परी आफैले जानी जानी आफ्नै वनमा डढेलो लगाईरहेका हुन्छन् । यसैको असर फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लाग्दा सो क्षेत्रको वनमा असर परेको छ ।

डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ भने गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण सबैभन्दा बढी म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।

वन क्षेत्र आसपासका स्थानीयले डढेलोबाट आफूहरू त्रसित भएको बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने वनका गहना मानिने पशुपक्षीहरु पनि मरेर सखाप भएका छन्

जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयले बताए पनि वन डढेलोमा नियन्त्रण भने गर्न सकेको छैन ।

कतिपय वनमा आगो निभाइएको छभने केही वनमा अझै धुवाँको मुस्लो देखिएको छ । दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको जिल्ला डिभिजन वन कार्यलय म्याग्दीले बताएको छ।

वनमा डढेलो लागेपछी कतिपय वन्यजन्तु तथा जङ्गली जनावरहरु गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् । विशेषगरी तराई क्षेत्रका जंगलहरुमा जंगली जनावर वढी पाईन्छ । वनमा डढेलो लागेपछी उनीहरु गाउँ पसेर खेतबारीमा लगाएको बाली र वँदेल र बाँदरले नष्ट गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए । मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् । मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताए । खेतबारीमा बँदेलले दुःख दिएको उनले गुनासो गरे ।

डढेलो कै कारण तम्घासबाट प्राप्त समाचारअनुसार खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएको अन्न, लत्ताकपडा, भाँडाकुडा नष्ट भएको बताईएको छ ।

साथै आगलागीबाट नगद चार लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टिभी दुई थान, मोबाइल द फोन, फर्निचर लगायत घरका सबै सामग्री जलेका जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस