
नारी बाटिका
महोत्तरी १२ वैशाख ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ६ मा आगलागी, हुंदा १०० भन्दा बढी घर जलेर क्षति पुगेको छ । बुधबार महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी हुंदा उक्त आगलागीमा परी संयौ घर जलेर नष्ट भएका छन् ।
साथै आगलागीबाट करौडौ रुपैयाको सम्पत्तीको क्षति समेत भएको पारम्भिक अनुमान टोलीले जनाएको छ ।
मटिहानी नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार आज दिउँसो करिब २ बजेवाट सुरु भएको आगलागी ३ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको थिएन ।
उक्त गाउँमा दिउँसोको समय एकाएक आगलागी भएपछी नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट स्टाटस लेखी आगलागी भएको जानकारी दिँदै सबैलाई सहयोगको लागि अपिल गरेका थिए ।
उक्त घटना सार्वजनिक भए लगतै मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी,हरु घटनास्थलमा पुगेका थिए ।
यसैगरी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीय वासीहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउँन निकै कठिन अबस्था देखिएको थियो ।
पछिल्लो समयमा देशको जताततै आगलागीका घटनाहरु तिब्रगतिमा बढिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस