आज:  | Thu, 09, May, 2024

आज भएको इलाम २ को उप निर्बाचनमा ५२ प्रतिशत मत खस्यो

१५ बैशाख २०८१, शनिबार १८:३३ मा प्रकाशित ( १ हफ्ता अघि) १०५ पाठक संख्या
नारी बाटिका


  1. इलाम- १५ वैशाख।

आज भएको इलाम(२ को उप निर्बाचनमा ५२ प्रतिशत मत खसेको छ । शनिबार सम्पन्न क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ३ साँडे बजेसम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको ।

खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । इलाम(२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदान स्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भएको थियो ।

दिनभर सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । इलाम(२) मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

खसेका मत मध्यबाट एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

साँडे ३ बजे यताको विवरण लिन बाँकी रहेकोले मुख्य निर्बाचन अधिकृत संग सम्पर्कको प्रयास भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस