आज:  | Sat, 11, May, 2024

प्रहरीले १७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका पाँच महिला प्रतिवादी पक्राउ गर्न सफल

१६ बैशाख २०८१, आईतवार ०७:५३ मा प्रकाशित ( १ हफ्ता अघि) १२८ पाठक संख्या
नारी बाटिका


प्युठान १६ वैशाख।

प्युठान प्रहरीले १७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका पाँच महिला प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका(४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली रहेका छन् ।

सरूमारानी गाउँपालिका(४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले छोरा जन्माएकी थिइन । अवैध सम्बन्धबाट शिशु जन्माएको भन्दै उनलाई २०६३ असोज ९ गते हुमीकुमारीदेवी सारू, दिलिसरादेवी सोमै र हिमीकुमारी राना समेत तिनै जनाले हरिकलालाई कुटपिट गरेका थिए ।

उनीहरुको कुटपिटबाट गम्भीर घाइते हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यस घटनापछि तिनैजना अभियुक्तहरु फरार सूचीमा थिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीको टोलिले घटनामा संलग्न उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न अभियुक्तहरु मध्ये हिमीकुमारी रानाको भने मृत्यु भइसकेको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्तहरुलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत प्युठानमा उपस्थित गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस