आज:  | Fri, 17, May, 2024

तातो हावाका कारण अत्यधिक गर्मी बढेपछी बुटवलका विद्यालय दुई दिन बन्द

२० बैशाख २०८१, बिहीबार ०७:५७ मा प्रकाशित ( २ हफ्ता अघि) १२० पाठक संख्या
नारी बाटिका


काठमाडौँ -२० वैशाख ।

बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेपछी बुटल नगर क्षेत्रका विद्यालय दुई दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण उक्त क्षेत्रका तातो हावा चल्न थालेपछी विद्यालय दुर्इ दिनको लागी बिदा गर्ने निर्देशन दिएको हो ।

वर्षा भएको छैन र जताततै यतिबेला खडेरी परिरहेको छ । तराई क्षेत्रमा भने गर्मी मौसममा विशेष तातो हावा चल्ने गर्दछ । जसका कारण बुटवलमा निकै गर्मी बढेपछी वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्ति मार्फत जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस