आज:  | Fri, 17, May, 2024

छुट्टा छुट्टै आगलागीका घटना,धादिङको थाक्रेमा घर जल्दा दम्पतीको मृत्यु

२० बैशाख २०८१, बिहीबार १२:०९ मा प्रकाशित ( २ हफ्ता अघि) २१३ पाठक संख्या
नारी बाटिका


धादिङ २० वैशाख ।

धादिङको थाक्रे ५ मा एकघर जल्दा दम्पतीको मृत्यु भएको छ । गएराति थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा जलेर वृद्ध दम्पतीको मृत्यु भएको हो ।

विद्युत सर्टभई ७० वर्षीय तेजबहादुर लामाको ढुंगा माटोले बनेको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी प्रवत्ता मकेन्द्र मिश्रले जानकारी दिनु भयो ।

यस्तै आगलागीमा परी घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको प्रहरीले जनाएको छ ।

“राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो”, सुचना अधिकारी मिश्रले बताउनु भयो ।

यस्तै सोही आगलागीबाट लामाले संन्चाल गर्दै आएका मिल पनि जलेर पुर्ण रुपमा नष्ट भएको सुचना अधिकारी मिश्रले बताउनु भयो ।

यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेको गोरखा प्रहरीले जनाएको छ।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनु भयो । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको बताईएको छ।

यस्तै पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि आगलागीमा परी जलेर मरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस