आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

झापामा कक्षा १२ को परीक्षा दिन गएकी परीक्षार्थीमाथि गोली प्रहार

२०८१ बैशाख २१, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १३६०४ पटक पढिएको
नारी बाटिका


झापा २१ वैशाख ।

आज झापामा कक्षा १२ को परीक्षा दिन गएकी एक परिक्षार्थीमाथी गोली प्रहार भएको छ । शुक्रबार झापाको स्थानीय हिमालय माध्यमिक विद्यालय दमकबाट कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दाको अबस्थामा एनिका अधिकारीमाथि गोली हानिएको हो ।

गोली लागेर घाइते भएकी उनको अहिले दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।परिक्षार्थीलाई गोली हान्ने व्यक्ति भागिसकेको प्रहरीको भनाई छ ।

परिक्षार्थी अधिकारीलाई गोली किन र केका लागि हानियो भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। साथै गोली हानेर फरार व्यक्तिको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस