आज:  | Sat, 18, May, 2024

झापामा सुक्रबार एनिका अधिकारीमाथी गोली प्रहार गर्ने आफ्रनै पुर्व शिक्षक भएको दावी

२२ बैशाख २०८१, शनिबार ०७:३९ मा प्रकाशित ( २ हफ्ता अघि) १४० पाठक संख्या
नारी बाटिका


विराटनगर -२२ वैशाख ।

झापामा कक्षा १२ को परिक्षार्थीमाथी गोली प्रहार गर्ने आफुनै पुर्व शिक्षक रहेको खुल्न आएको छ । सुक्रबार कक्षा १२ को परिक्षा दिएर घर फर्कने क्रममा झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुल्न आएको हो।

हिजो(शुक्रबार) परीक्षा दिएर फर्किँदै गरेकी एनिका अधिकारीलाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए। एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छात्रा हुन्। उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन्।

सोही विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्। अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ। उनले बालेका भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन्।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ। नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ। दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका थिए। गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस