आज:  | Sun, 19, May, 2024

आजदेखि तामाङ र नेवारी भाषा लागुको विदा,जनताले भने हप्तामा ४दिनपनि सेवा नपाएको गुनासो

२४ बैशाख २०८१, सोमबार ०९:४४ मा प्रकाशित ( १ हफ्ता अघि) ९५ पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ वैशाख ।

बागमती प्रदेश सरकारले आजदेखि तामाङ र नेपाल (नेवारी) भाषालाई पनि सरकारी कामकाजमा ल्याउने भएको छ । सोमबारदेखी लागु हुने गरी सरकारी भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू गर्न लागिएको हो।

२०८० साल कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि आज (सोमबार) भाषा दिवस रुपमा घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आररम्भ गर्ने भएको हो ।

अहिले बिहान ९ बजे वसन्तपुरमा शुभारम्भ कार्यक्रम राखेको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। उनका अनुसार त्यसअघि नेवार र तामाङ समुदायका भेषभुषामा झाँकी सहितको र्‍याली निकालिँदैछ ।

भाषा ऐन लागु हुने दिनको अवसरमा सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ। यो ऐन लागू भएसँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत तामाङ र नेपाल भाषामा समेत सेवा दिनु पर्ने भएको छ ।

तर नागरिकमा भने यसको कुनै महत्व नबढेको उक्त समुदायले बताएका छन् । भाषालाई साझा बनाउनु राम्रो कुरा हो ।तर सरकारी विदा बड्दै जानाले खुशी देखिएका छैनन् । सरकारले यो वा उ बहाना बनायर धेरै सरकारी बिदा दिनाले जनताका करमा तलव र भत्ताका सुविधा पाउनेलाई मात्रै रमाईलोमा सविधा सहितको विदा मनाउँछन् । तर गरिव र व्यवशायिक वर्गलाई भने सार्वजनिक विदामा कुनै लाभ नहुने र बरु ज्याला मजदुरी गरी खानेको आम्दानी नै ठप्प हुने बताउँछन् ।

नेपालका धेरै जस्ता सरकारी कर्मचारीहरु सुक्रबार हाँजिर गरेर जाने,आईतबार कार्यलयको अन्तिम समयमा हाँजिर गर्न आईपुग्ने, हप्तामा जनाताले लिने सरकारी सरदर ४ दिनमा पनि हप्तै विच्छे कुनै न कुनै बहानामा सार्वजनिक विदा गरिनाले नागरिकले सहज रुपमा सेवा लिन पाएका छैनन् भने कार्यलय खुलेको समयमा पनि यो भएन त्थो भएन भनेर सैवाग्राहीलाई सास्ती देने तथा घुस नखाई काम नगर्ने परिपार्टी बड्दै गएको वौद्धिक क्षेत्रको भनाई छ । नागरिकमा समेत गुनासोको चाँख् नै भैसकेिको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस