आज:  | Mon, 20, May, 2024

होटलमा उत्तर हल गरिरहेको अबस्थामा परीक्षा बोर्डको उत्तरपुस्तिका सहित चारजना पक्राउ

२७ बैशाख २०८१, बिहीबार १८:१७ मा प्रकाशित ( १ हफ्ता अघि) १५७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २७ वैशाख ।

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिका सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको चार जनालाई पक्राउ गरी उनीहरुलाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरस्थित कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी सहित अन्य २ जना रहेका छन् ।

जसमा दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनु भयो ।

सुचना अधिकारीका अनुसार,“हिजो बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको चलेको कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक गरी काठमाडौँ महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका चारैजना विरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता नवराज अधिकारीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस