आज:  | Mon, 20, May, 2024

मौसम सम्वन्धि जानकारी : आज पाँच प्रदेशमा आज चट्याङ सहित वर्षाको सम्भावना

२८ बैशाख २०८१, शुक्रबार ०८:२९ मा प्रकाशित ( १ हफ्ता अघि) १५६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ वैशाख ।

आज पाँच प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपासमा बनेको न्यूनचापीय प्रणालीका कारण देशभर आंशिकदेखि साधारणतया बदली भैरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज (सुक्रबार)दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका र बाँकी पहाडी भूभागका केही स्थानमा साथै बाँकी तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

यस्तै महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका एकदुई स्थानमा साथै बाँकी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्क रहन महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस