आज:  | Mon, 20, May, 2024

मकवानपुरबाट नक्कली नोटको काराबार गर्ने ५ जनालाई ५५ हजार नेपालीो नोट सहित पक्राउ

२८ बैशाख २०८१, शुक्रबार १९:३० मा प्रकाशित ( १ हफ्ता अघि) १७४ पाठक संख्या
नारी बाटिका


हेटौंडा २८ वैशाख ।

नेपाल प्रहरीले मकवानपुरबाट नक्कली नोटको काराबार गर्ने ५ जनालाई ५५ हजार नक्कली नेपाली नोट सहित पक्राउ परेका छन् । मकवानपुरको प्रहरी चौकी नामटारबाट बुधबार खटिएको प्रहरी टोलीले कैलाश गापा वडा–९ बस्ने वर्ष १८ का सीताराम थिङ सहितको साथबाट नेपाली १ हजार दरका नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले थिङको साथबाट बाह्र हजार नक्कली नोट बरामद गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछ गर्दा उक्त नक्कली नोट हेटौंडा–१४ घर भइ वडा नं.मा –४ मा डेरा गरी बस्ने वर्ष ३७ का सुनील ढुंगानाले दिएको बताएका छन् ।

बिहीबार ढुंगानाको डेरामा प्रहरीले खानतलासी गर्ने क्रममा उनको साथबाट १ हजार दरको नक्कली नेपाली नोट ४२ थान र निजका छोरा वर्ष १८ का रोजलको साथबाट नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी उनीहरुलाई थप अनुसन्धान गर्दा प्रहरीले उक्त कार्यमा मकवानपुरगढी गापा वडा–४ बस्ने वर्ष २० का सोमराज थोकर र वर्ष २८ का रामेश्वर अर्याल समेत संलग्न रहेको बताएपछी सो नक्कली नोट सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न पाँच जनालाई नक्कली नोट सम्बन्धि कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस