आज:  | Tue, 21, Jan, 2025

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने गरी यादवको राजीनामा

३१ बैशाख २०८१, सोमबार १२:४६ मा प्रकाशित ( ८ महिना अघि) १३०५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ वैशाख ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनु भएको छ। साथै सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिने गरी यादवले पदबाट राजीनामा दिनु भएको हो ।

यादवका स्वकीय सचिव महेश चौरसियाले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पुर्‍याएर फर्किएको जानकारी सन्चारकर्मीलाई गराएका हुन्।

यसैगरी जसपा नेपालका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवलाई राजीनामा दिन निर्देशन पनि दिनु भएको थियो।

जसपा नेपाल नेतृत्वको सरकारलाई मधेश प्रदेशमा दिएको समर्थन नेकपा एमाले र माओवादी केन्द्रले हिजो (आईतबार)फिर्ता लिइसकेको छ।

केही दिनअघि जसपा नेपालको पार्टी फुटेर विभाजन आएपछि यादवको अध्यक्षतामा हिजो बसेको कार्यकारिणी समितिको बैठकबाट तत्कालै सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको थियो।

पार्टीको अहिले केहिबेरमा केन्द्रीय समिति बैठक पनि बस्दै छ। ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बस्ने बैठकमा सरकारबाट बाहिरिएको र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा औपचारिक निर्णय हुदैछ।

साथै आजको बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा पनि छलफल हुने जसपा स्रोतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस