आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

आज सीता जयन्ती,भुमीबाटै उत्पत्ति भएकी देवी सीता माइले भूमिमै प्राण त्याग गरेको

२०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित ( १ साल अघि) ६६६४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ जेठ ।

आज वैशाख शुक्ल नवमी अर्थात् भगवती सीतामाईको उत्पत्ति भएको दिन। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ। जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला परेपछी उनैलाई पुत्रीका रुपमा राजा जनकले पालनपोषण गरी सीता नाम दिएको बताइन्छ। यस्तै सीतालाई राजा जनककी छोरी भएकाले जानकीका रूपमा पनि पुज्ने गरिन्छ ।

सीता माईको विवाह गर्ने उमेर भएपछी अयोध्याका राजा दशरथका छोरा राजकुमार श्रीरामसँग विवाह भएको धार्मिक ग्रन्थहरुमा पाईन्छ । ​पितृआज्ञा पालना गर्न सत्तेवत महापुरुष श्रीराम वनवास जानुपर्ने भएपछी सीताले पनि आफुना स्वामी श्रीराम र लक्ष्मण देवरका साथ वनमा बस्दा सीतालाई रावणद्वारा हरण हुनु परेको अवस्थामा पनि उनले आफ्ना पतीब्रर्ता धर्म नत्यागेको कथा रामायण लगायत पुराणहरुमा उल्लेख गरिएको छ।

धेरै वर्षपछी वलविर तथा रामभत्त हनुमानको सहयोगमा लंकाका राजा रावण लगायत कयौं राक्षसमाथि विजयी प्राप्त गरी श्रीराम अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर नेपालको देवघाट तथा पवित्र हरीहर धाम क्षेत्रमा पर्ने वनवास तथा पृथ्वी तल गुप्तवास बसेको रामायणमा उल्लेख छ।

अझै रहस्यमय धार्मिक कथामा भुमीबाटै उत्पत्ति भएकी देवी सीता माइले अन्त्यमा भूमिमै प्राण त्याग गरेको बताइन्छ। सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ। सीता नेपालकी राष्ट्रिय विभूति पनि मानिएकी छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस