आज:  | Mon, 20, Jan, 2025

प्रजिअ गैह्रेको १ वर्षको कार्यकालमा भएका कार्य समिक्षा गर्न धादिङमा पत्रकार सम्मेलन साथ तस्वीरहरु

४ जेष्ठ २०८१, शुक्रबार ०७:२९ मा प्रकाशित ( ८ महिना अघि) १५४५ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी बाटिका संवाददाता

धादिङ ४ जेठ ।

धादिङ जिल्लाका प्रजिअ बद्रीनाथ गैह्रेको १ वर्षको कार्यकालमा भएका कामकारवाहीको समिक्षा गर्न पत्रकार सम्मेलन गरिएको छ ।

विगत १ वर्षअघि धादिङ जिल्लामा जिम्मेवारी लिई आउनु भएका प्रजिअ बद्रीनाथ गैह्रेले आफ्नो १ वर्षको कार्यकालमा भए गरिएका कार्यको समिक्षा गर्न बिहिबार धादिङवेसीमा पत्रकार सम्मेलन तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरिएको हो ।

प्रजिअ गैह्रेको अध्यक्षता, जिल्ला समन्वय समितीका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता,निलकण्ठ नगरपालिकाका मेयर एव्ं नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्रशाद ढुंगानाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बिहिबार दिउँसो २ः३० बजे आयोजना गरिएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु,  विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु,पत्रकार महासघका अध्यक्ष तथा विभिन्न मिडिका संन्चारकर्मीहरु,जिल्ला प्रशासन कार्यलयका कर्मचारीहरु, गैसस महासंघका अध्यक्ष लगायतको बाक्लो उपस्थित रहेको थियो ।

सो कार्यक्रममा प्रजिअ बद्रीनाथ गैह्रेको कार्यकालमा सम्पन्न भएका कार्यको प्रजिअ गैह्रेले प्रस्तुतीकरण गर्नु भएको थियो ।

यसअघि देशका ७७ जिल्ला मध्य धादिङ ७१औं स्थानमा रहेकोमा पछिल्लो समयमा प्रजिअ गैह्रेको कामकारवाही,लगनसिलता,नागरिकको सवालमा उत्तरदायित्व बोधका साथ सबैसंग समन्वय गरी काम गर्दा जिल्लाको प्रशासनिक कार्यको उचित मुल्याड॰कन हुन सकेको विस्वास गरिएको छ ।

यसैगरी प्रमुख जिल्लाअधिकारीको हिसावले जिल्लामा नागरिकका धनजनको  सुरक्षा ,विकास निर्माणका क्षेत्र  लगायत समग्र कार्य सम्पादन ्रमुल्याङनमा १५ औं स्थानमा आउन सफल भएको हो ।

उहांले  कार्य सम्पादन हुनु पर्ने बाँकी कार्यको विवरण समेत प्रजिअ गैह्रेले प्रस्तुत गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस