आज:  | Sat, 27, Jul, 2024

लागुऔषध दुर्वेसनीका ७ जना मिलेर ट्राफिक प्रहरी घिमिरेको हत्या गरेको खुलासा

६ जेष्ठ २०८१, आईतवार १९:३६ मा प्रकाशित ( २ महिना अघि) २५२ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौँ ६ जेठ ।

लागुऔषध दुर्वेसनीका ७ जना ग्याङ मिलेर ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको खुलासा भएको छ । नेपाल प्रहरीमा कार्यरत जवान घिमिरेको हत्या आरोपमा आज प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी घिमिरेको हत्या आरोपमा सात जना आरोपी पक्राउ गरी आइतबार सार्वजनिक भएका छन् । खोटाङ मजुवागढी नगरपालिका(१ घर भई हाल काठमाडौं टोखा नगरपालिका(१० गोङ्गबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय ट्राफिक प्रहरी घिमिरेको गत शुक्रबार हत्या भएको अवस्थामा शव फेला परेको थियो।

घिमिरेको शव तारकेश्वर नगरपालिका(९ मनमैजु बासुकीनाग टोलस्थित निर्माणाधीन दुई तले घरको भुइँ तलामा फेला परेको थियो। त्यो स्थानलाई लागुऔषध प्रयोगकर्ताले आफ्नो आश्रयस्थल बनाउदै आएका छन्।

पक्राउ पर्नेहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका(३ घर भई बालाजु(जरंखु, मनमैजु लगायत स्थानका सडकपेटीमा बस्दै आएकी २१ वर्षीया वसन्धुरा कार्की, भक्तपुर चाँगुनारायण(१ घर भई सोही स्थानको सडकपेटीमा बस्दै आएकी २१ वर्षीय सचिन परियार, नुवाकोट घर भई सोही स्थानको सडकपेटीमा बस्ने १८वर्षीया अन्जली श्रेष्ठ रहेका छन् ।

यसैगरी आँधीखोला(३ कै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती गाउँपालिका(४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ,सिन्धुपाल्चोक इन्द्रावती घर भई बालाजु, जरंखु, मनमैजु लगायतका स्थानकै सडकपेटीमा बस्ने ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर घर भई सोही ठाउँका सडकपेटीमा बस्दै आएका १३ वर्षीय एक नाबालक रहेका समेत रहेका छन्।

काठमाडौं(१६ स्थित अस्टनारायण हलपछाडि बाइस धारा जंगलबाट भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिनु भयो। पक्राउ गर्ने क्रममा उनीहरू भागेकाले एक राउन्ड हवाई फायर समेत गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एसएसपी रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएका रहेछन् । त्यसपछि घिमिरे घर जानुअघि खाजा(नास्ता खान तारकेश्वर नगरपालिका(११ स्थित एक खाजा घरमा पुगेको सिसिटिभी फुटेजले देखाएको छ।
कसरी भयो घिमिरेको हत्या ?

घिमिरे खाजा खाइरहेको बेला सचिन परियार र अन्जली श्रेष्ठ त्यही होटलमा पुगेका थिए। घिमिरे र सचिनको पुरानो चिनजान थियो। अन्जली समेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए।

‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर(घटनास्थल सम्म) मोटरसाइकलमा पुर्‍याइदिन आग्रह गरे,। त्यसपछी ‘घिमिरेले दुबै जनालाई मोटरसाइकलमा राखेर उनीहरुको वासस्थानसम्म पुर्‍याइदिए।’त्यहाँ पुगेपछि सचिनले अन्जलीलाई बिसन्चो भएको भन्दै माथिसम्म जान नसक्ने बताए। अन्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे। युवराजले सहयोग गरिदिए।

सचिन र अन्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे। हेल्मेटले उनको टाउकोमा प्रहार गरे। लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालक समेत मिलेर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट,ढुंगा लगायतले हिर्काएर घिमिरेको हत्या गरे।

हत्या गरी घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए। घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके। हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताउनु भएको छ। घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवाद लगायत कारण हुन सक्ने प्रहरीको भनाई छ।

पक्राउ परेकाहरू सबै लागुऔषध प्रयोगकर्ता हुन्। बसपार्क क्षेत्रमा कार्यरत रहँदा घिमिरेको सचिनसँग चिनजान भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस