आज:  | Sat, 27, Jul, 2024

प्रेसमाथी आक्रमण गरी त्रासमा नराख्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

१० जेष्ठ २०८१, बिहीबार ०८:३९ मा प्रकाशित ( २ महिना अघि) १९७ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० जेठ ।

हालै कान्तिपुरको कार्यलयमै प्रहरीले कैलाश सिरोहियालाई पक्राउ गरेको थियो । यस कार्यले संन्चारमाथी ज्यादती भएको भन्दै गृह्रमन्त्री विरुद्ध यतिवेला चौतर्फी विरोध भैरहेको छ । गृहमन्त्री लामिछानेले प्रतिसोधको आसयले सञ्चारमाध्यमका विभिन्न सम्पादक तथा वरिष्ठ पत्रकारहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सञ्चारगृहबाटै गरिएको पक्राउको विरोध गरेका हुन् ।

सिरोहिया यही जेठ ८ गते मंगलबार कान्तिपुर कार्यलयबाटै पक्राउ परेका थिए । उनी पक्राउ परेको भोलिपल्ट बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू काठमाडौंमा भेला भई प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत रहँदै त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाएका छन्।

यस घटनाबारे छलफल गर्न आकस्मिक रूपमा संगठित भएका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबँुदे ध्यानाकर्षण–पत्र बुझाउँदै प्रेसमाथी आक्रमण गरी प्रेसलाई दबाब र त्रासमा नराख्न आग्रह गरेका छन् । प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा गृहमन्त्री रवि लामिछाने मिडियामाथि शत्रुभावका साथ जाइलागेको स्पष्ट पारिएको उल्लेख छ । साथै पत्रमा सहकारी ठगीको समस्या विकराल बनेको अवस्थामा अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रुपियाँ अपचलनमा परेको सो कार्यमा गृहमन्त्री लामिछानेकै संलग्नता रहेको पनि उल्लेख गरिएको छ।

गृह्रमन्त्रि तथा रास्वपा पार्टीको सभापती हुनुअघि ‘लामिछाने सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित हुँदा पनि सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन् भनि लेखिएको छ । उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षता पूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षता पूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं’ –सम्पादकहरूले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

यस्तै ध्यानाकर्षण पत्रमा स्मरण गराउँदै भनिएको छ– ‘सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्’ भनि उल्लेख गरिएको छ।

यसैगरी सम्पादकहरूले बुझाएको ध्यानाकर्षण पत्रमा जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको स्पष्ट पार्दै कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई प्रेसमाथिको हस्तक्षेप, दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका साथ गरिएको घटनाको रूपमा लिइएको स्पष्ट पारिएको छ ।

विभिन्न संन्चार माध्यमका सम्पादकहरुले उठान गरेका पाँच विषय
१. धरपकडको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको छ ।
२. सिरोहियाको विषय अदालतले निरूपण गर्ने नै छ ।
३. एकैपटक दुईवटा राहदानी लिने गृहमन्त्री लामिछाने पनि सजायका भागिदार छन् ।
४. सहकारी ठगी प्रकरणमा लामिछानेमाथि निष्पक्ष छानबिन हुनुपर्छ ।
५.प्रेस स्वतन्त्रता हनन हुने गरी कुनै सम्झौता गर्दैनौं । भनि उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस