आज:  | Sat, 27, Jul, 2024

ललितपुरको ग्वार्खोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० जेष्ठ २०८१, बिहीबार १२:२३ मा प्रकाशित ( २ महिना अघि) २०२ पाठक संख्या
नारी बाटिका


काठमाडौं १०जेठ ।

ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार राति ललितपुरको ग्वार्कोमा  प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका ३२ वर्षीया जयनाथ यादव रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको टिपरले ग्वार्को चोक स्थित सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाईते यादवको गए राति करिब पौने १० बजे उनलाई उपचारको लागि बिएण्डबी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले  मृत घोषणा गरेका थिए।

यादवलाई ठक्कर दिने बा‍.३ ख ६६२१ नम्बरको टिपर भागेको र पछी प्रहरीले खोजी कार्यबाट टीका भैरवमा फेला पारिएको प्रहरीको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस