आज:  | Sat, 27, Jul, 2024

सहकारीको रकम हिनामिना प्रकरणमा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

१२ जेष्ठ २०८१, शनिबार ०८:३६ मा प्रकाशित ( २ महिना अघि) १९१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १२ जेठ ।

सहकारीको रकम हिनामिना प्रकरणमा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व(को कावासोती नगरपालिका(३ मा संन्चालित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसद सहित ३५ जनालाई मुद्दा चलाउनु पर्ने उल्लेख गरी प्रहरीले प्रतिवेदन पेश गरेको हो ।

सो सहकारी बाट बचतकर्ताको रु १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टबाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपिकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछाने सहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो ।

सहकारी ठगी प्रकरणमा “प्रतिवादी बनाइएकाहरु मध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै छन्, सांसद बस्नेत सहित फरार रहेका २५ जनाको खोजी कार्य भईरहेको छ”,उहाँले भन्नु भयो, “उक्त सहकारीको हिनामिना भएको रु। १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाँय माग दाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएका छौँ ।”

यस्तै हिनामिनाका मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ । सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धानमा खुलेको हो । प्रहरीका अनुसार “सेयर सदस्य नै नरहेका वाहिरी व्यक्तिलाई नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको थियो।

यसैगरी शाखा कार्यलयबाट बर्दियाको गुलरियास्थित कृष्णसार रिसोर्टमा पनि सोझै करिब एक करोड रकम लगिएको पनि खुलासा भएको छ । बस्नेत आफै अध्यक्ष रहेको उक्त रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पुर्जी जारी गरे पनि बस्नेत अझै फरार छन्। प्रहरीका अनुसार संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था भएपनि यस विपरीत व्यवस्थापक पाण्डे आफैँले ऋण उपसमितिको ‘माइन्यूट’ उठाएर बिनाधितो आफू निकटलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको हो ।

कर्जा समितिका संयोजक श्याम भुसालले आफूसम्बद्ध समितिका तीन सदस्यलाई थाहै नदिई पाण्डेले एक सय ४० जनालाई ऋण दिएको बताए ।“ऋण दिने नक्कली ‘माइन्यूट’ खडा गरेर एक सय ४० जनालाई पटक पटक गरेर पाण्डेले एक करोड ८५ लाख कर्जा दिएको प्रहरीको भनाई छ । विसं २०६६ मा स्थापना भएको यस सहकारीमा दुई हजार तीन सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस