आज:  | Sat, 27, Jul, 2024

प्रमख प्रतिपक्षदल काँग्रेसको विरोधकाबीच सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेष्ठ २०८१, आईतवार १७:४३ मा प्रकाशित ( २ महिना अघि) १९१ पाठक संख्या
नारी बाटिका


  • काठमाडौँ १३ जेठ ।

प्रमख प्रतिपक्षदल नेपाली काँग्रेसको विरोधकाबीच पनि आज सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

आईतबार बसेको प्रतिनिधि सभामा विपक्षीको नाराबाजीका साथमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

निकैअघिदेखी पेचिलो र चर्चामा रहेको सहकारी संस्थाको रकम ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै काँग्रेसले संसदमा अवरोध जारी राखी रहेकै छ । तर यसैविच पनि आज सरकारको नीति तथा कार्यक्रममा छलफल हुन पाएको छैन । यद्यपी निति तथा कार्यक्रम पारित भएको छ ।

आज(आइतबार)को बैठकमा पनि काँग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए । तर नाराबाजीकै बीच सरकारले प्रतिपक्षलाई पेलेरै भएपनि नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो । छलफल गर्नुअघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले पनि चित्तबुझ्दो नभएकोले संशोधन प्रस्ताव राखेका थिए तर ती दुवैको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

यसैगरी प्रतिनिधि सभाको आगमी बैठक यसै सातको मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ । त्यसअघि दिउँसो १ बजे संघीय संसदको बैठकमा बजेट प्रस्तुत हुने कार्य तय गरिएको छ । सांसदहरुलाई पौने १ बजेभित्रै संसद् बैठकमा आउने गरी निमन्त्रणा दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस