आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

वैदेशिक रोजगारीमा गएका १० वर्षमा १० हजार भन्दामाथी नेपालीको सव बाकसमा फर्कियो

२०८१ जेष्ठ १४, सोमबार मा प्रकाशित ( २ साल अघि) १०५७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ जेठ ।

परिवार पाल्नकै लागी लाखौं खर्चिएर वैदेशिक रोजगारीमा गएकाहरुको १० वर्षमा १० हजार भन्दामाथी नेपालीको सव बाकसमा फर्किएको छ ।

कोही कानुनी बाटो हुंदै त कोही गैह्र कानुनी रुपमा नेपालबाट विभिन्न देशमा धन कमाउन भनेर गएका नेपालीहरुले दश वर्षमा विदेशमै १० हजार २ सय ३० जनाले ज्यान गुमाएका हुन् ।

सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०र७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका १० हजार भन्दामाथी नेपाली नागरिकले ज्यान गुमाएका विवरण सार्वजनिक भएको हो।

आर्थिक वर्ष २०७०र७१ सालमा ८७७ जना,आ.व.२०७८ ७९ मा सबै भन्दा धेरै १३ सय ९५ जनाको मृत्यु भएको तथ्याङक छ। त्यस्तै चालु आर्थिक वर्षको फागुन सम्म ६९४ जनाले ज्यान गुमाइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।

मृत्यु हुनेमा ९ हजार ९ सय ६५ पुरुष र २ सय ६५ जना महिला रहेको विवरण उल्लेख गरिएको छ ।

तथ्यांक सहित हेर्नुहोस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस