आज:  | Sat, 27, Jul, 2024

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

१६ जेष्ठ २०८१, बुधबार २०:०३ मा प्रकाशित ( १ महिना अघि) २१८ पाठक संख्या
नारी बाटिका


बिबियु -नारी बाटिका संवाददाता

धादिङ -१६ जेठ ।

तालुक बागमती प्रदेश प्रहरी हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीद्वारा जिल्ला प्रहरी कार्यालय धादिङको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख एव्ं प्रहरी नायव महानिरीक्षक केसीबाट जिल्ला प्रहरी कार्यालय धादिङको भवन,

व्यारेक, मेश, पेरिमिटर, लगायत सम्पूर्ण शाखाहरूबाट भए गरेका कामकारवाहीको अभिलेखिकरणको निरीक्षण तथा अनुगमन गर्नु भएको हो ।

निरिक्षण कै क्रममा उहाँले जिल्ला प्रहरी कार्यलय धादिङको मातहतमा रहेको प्रहरी कार्यालयहरुमा कार्यरत यूनिट ईन्चार्जहरु लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निति निर्देशन तथा


सम्पूर्ण प्र.क.हरुले आ(आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ गर्न गराउन तथा कार्य सम्पादन सम्झौताका विषयहरुलाई परिणाम मूखी बनाउन जोड दिनु भएको छ ।

यसैगरी प्रहरी कर्मचारीहरुको गुनासो पिरमर्का बुझ्नुका साथै नेपाल प्रहरीको छबिमा आँच आउने कार्य नगर्न समेत निर्देशन दिनु भएको थियो ।


साथै जिल्ला स्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू एवं सल्लाकारहरू संग आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस