
नारी बाटिका
काठमाडौं १७ जेठ।
भारतको दिल्लीमा अहिलेसम्म कै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको छ । दिल्लीमा अत्याधिक गर्मीको सामना गरिरहेको राष्ट्रिय राजधानीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।
हिजो भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो। मौसम विभागका अनुसार दिल्लीमा हालसम्मकै उच्च तापक्रम मापन गरिएहो।
उत्तर(पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले बुधबार दिउँसो २.३० बजे मापन गर्दा करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो ।
मंगलबार सोही स्टेसनमा ४९.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। मंगलबार दिल्लीको नजफगढ मौसम केन्द्रमा पनि ४९.८ डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको थियो।
भोलीपल्ट एकै समयमा, दिल्लीको दुई मौसम स्टेसनहरूमा रेकर्ड गरिएको तापक्रमको अघिल्लो रेकर्ड – एक दक्षिण दिल्ली र एक आर्य नगरमा मंगलबार भन्दा बडेर तापक्रमले रेकर्ड तोडेको हो ।
भारतको कुनै पनि भागमा ५२.३ डिग्री सेल्सियसको तापक्रम अहिलेसम्म रेकर्ड भएको थिएन। यसरी दिनानु दिन तापक्रम बडेसंगै उच्च गर्मीको जनजिवन असतवेस्त बनेको छ ।







प्रतिक्रिया दिनुहोस