आज:  | Sat, 27, Jul, 2024

नीलकण्ठ माविको स्वर्ण महोत्सव शनिबार हुंदै कार्यक्रमको समुद्धघाटन पूर्व उपप्रधानमन्त्री खड्काले गर्ने

१८ जेष्ठ २०८१, शुक्रबार ०८:३७ मा प्रकाशित ( १ महिना अघि) १६२ पाठक संख्या
नारी बाटिका


धादिङ १८ जेठ।

नमुना विद्यालयको रुपमा संन्चालन गर्ने लक्ष सहित नीलकण्ठ माविको स्वर्ण महोत्सव शनिबार हुंदैछ । एकिकरणपछीको नीलकण्ठ बालमन्दिर माविको नामाकरण गरिएको यस विद्यालयले ५० औं स्वर्ण महोत्सव भोली भव्यताका साथ मनाउन लागिएको हो ।

स्वर्ण महोत्सव कार्यक्रमको समुद्धघाटन गर्नका लागी नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापती पुर्णवहादुर खड्का आउने हुनु भएको छ ।

जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ मा.वि.मा यसअघि पनि विद्यार्थीहरुको रोजाईको विद्यालयको रुपमा थियो । हालै नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रशाद ढुंगानाको प्रयासमा एकिकरण गरी नीलकण्ठ, बालमन्दिर इजारा आ.वि. माध्यमिक विद्यालयलमा रुपान्तरण भएको यस विद्यालयलमा विद्यार्थीहरुको अत्यधिक चाप समेत रहेको छ ।

नीलकण्ठ मा.वि र इजारा आ.वि.समायोजन गरि बनेको एकीकृत विद्यालय नीलकण्ठ बालमन्दिरले २०३१ साल जेठ १९ गते तत्कालीन नीलकण्ठ विद्यालय स्थापना भएको दिनलाई स्मण गरी एकीकृत विद्यालय संचालनको ५० वर्ष पार गरेको अवसरमा विविध कार्यक्रम सहित स्वर्ण महोत्सवको कार्यक्रम साता व्यापी रुपमा मनाईरहेको छ ।

यस्तै शािनबार हुने कार्यक्रमको समुद्धघाटनका लागी पूर्व उपप्रधान एवं रक्षामन्त्री तथा काँग्रेस नेता पूर्ण बहादुर खड्काले गर्ने वि.व्य.समितिका अध्यक्ष दिपक कोईरालाले जानकारी दिनु भयो । अध्यक्ष कोईरालाले बिहिबार विद्यालयमा पत्रकार सम्मेलन गरी भोली पूर्व उपप्रधानमन्त्री खड्काको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव मूल समारोह आयोजना हुने जनाउनु भयो ।

यसैगरी स्वर्ण महोत्सवकै अवसरमा जेठ १६ गते धादिङ जिल्ला स्तरीय अन्तरविद्यालय हाजिरी जबाफ प्रतियोगिता, १७ गते विद्यालयको अन्तर सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको र आज विशेष सांस्कृतिक झाँकी सहित धादिङवेसी बजारमा शिक्षक विद्यार्थीहरुको र्‍याली आयोजना गरिएको पत्रकार सम्मेलनमा कोईरालले जानकारी गराउनु भयो ।

अध्यक्ष कोईरालाले स्वर्ण महोत्सव मूल समारोहमा सहभागी भई भव्यताका साथ सम्पन्न गर्न सम्ुपुर्ण संन्चाकर्मीलाई आग्रह पनि गर्नुभएको छ ।बालमन्दिर ,नीलकण्ठ र इजारा आ. वि. ३ विद्यालयको समिकरणमा बनेको एकीकृत विद्यालयको नियमित एकीकृत पठनपाठन गत वैशाख १० गते देखि संन्चालन गरिएको बताउनु भयो ।

विद्यालय एकिकृतपछीको जनशक्ति तथा पूर्वाधार व्यवस्थापनका लागी नीलकण्ठ नगरपालिकाको कक्षा १२ सम्म निःशुल्क शिक्षाको घोषणा कार्यान्वयन गर्न सहजताका लागि गरिएको ठूला विद्यालयहरुको समायोजन पछि एकिकृत पठन पाठन र ब्यवस्थापन प्रभावकारी रुपमा अघि बढिरहेको अध्यक्ष कोईरालाको भनाई छ ।

हाल प्रारम्भीक कक्षा देखि १० सम्म कुल २ हजार ४७८ जना विद्यार्थीले पठनपाठन गर्ने ५९ वटा कक्षा कोठामा अध्ययन गरिरहेका छन् । जसमध्ये ४८ वटा कक्षाकोठा पूर्ण रुपमा अंग्रेजी माध्याममा र ११ वटा कक्षा नेपाली माध्यममा अध्यापन भैरहेको विद्यालयले जनाएको छ ।

यस्तै एकिकरणपछि सरकारी श्रोतबाट तलब खाने शिक्षकहरु ६९ जना र निजी श्रोतबाट ५ जना गरि ७४ जना शिक्षकहरु सहित २० जना प्रविधिक सहितको कर्मचारी गरि जम्मा ९३ जना र कक्षा ११ र १२ का लागि २५ जना पूर्णकालीन शिक्षक र ५ जना थप विद्यालय कर्मचारीको आवस्यकता पूर्ति गर्दा कुल १२३ जना शिक्षक कर्मचारीबाट एकिकत विद्यालय सञ्चालन हुने गरि ब्यवस्थापन गरिएको पनि जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस