आज:  | Sat, 27, Jul, 2024

नीलकण्ठबाट सुरु भएको निःशुल्क शिक्षा अभियान देशभर लैजानुपर्छ : पुर्व मन्त्री खड्का

२० जेष्ठ २०८१, आईतवार ०८:३७ मा प्रकाशित ( १ महिना अघि) ३१७ पाठक संख्या
नारी बाटिका


 

बिबियु,नारी बाटिका संवाददाता

धादिङ-२० जेठ

हालै मात्र नीलकण्ठ नगरपालिकाले सुरु गरेको निशुल्क शिक्षा अभियानलाई देशभर लैजानुपर्ने पुर्व उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले बताउनु भएकोछ ।

शनिबार धादिङवेसीमा आयोजित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्नु हुदै उहाँले नीलकण्ठ बालमन्दिर माविले गरेको काम प्रशंसनिय भएको बताउनु भएको छ। 

नेपाली काँग्रेसका उप सभापति तथा नेपाल सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारी समहाली सक्नु भएका खड्काले नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना नगरपालिका संघका केन्द्रिय अध्यक्ष समेत भएकोले नीलकण्ठ नगरपालिकाबाट सुरु भएको यय अभियानलाई देशभर लैजान यसको नेतृत्व गर्न समेत आग्रह गर्नु भयो ।

हाल देशमा भईरहेको शिक्षा क्षेत्र सुधारको लागि बनेको संघीय ऐनलाई पारित गरेर अघि बढ्ने समेत बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका खड्काले विद्यालयको समस्याहरु समाधान गर्नको लागि आफु र आफ्नो पार्टी तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघीय सांसद रामनाथ अधिकारीले निलकण्ठ बालमन्दिर मावि जिल्लाको जेठो विद्यालय भएकोले उहाँले विद्यालयको सफलताको शुभकामना दिनु भएको छ।

साथै यस विद्यालयका विकासको लागि आफुले सहयोग गर्ने बताउनु भएको छ। यसैगरी कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालले नीलकण्ठ बालमन्दिर विद्यालयलाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

कार्यक्रमका विशेष अतिथी एव्ं नीलकण्ठ नगरपालिका मेयर भीम प्रसाद ढुंगानाले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै शिक्षा क्षेत्रको विकासको लागि नीलकण्ठ नगरपालिकाले अभियान कै रुपमा लागी परेको बताउनु भयो ।

उहाँले कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको र शिक्षा क्षेत्रको गुणस्तरलाई ध्यान दिएर नगरपालिका अघि बढ्ने बताउनु भयो ।उहाँले अबको केहि बर्षमा शिक्षा क्षेत्रमा धेरै सुधार देखिने भन्दै अभिभावकहरुलाई विश्वास गर्नको लागि पनि आग्रह गर्नु भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा,नेपाली काँग्रेसका क्षेत्रीय सभापति राकेश धमला,माओवादी केन्दका जिल्ला संयोजक मनराज भण्डारीको आतिथ्यता रहेको थियो ।

यसैगरी सोही कार्यक्रममा नगपालिका संघका सल्लाहकार सरोज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति तथा पुर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,विभिन्न पालिकाका अध्यक्ष एवं उप प्रमुख,नगरपालिका आसपासका विद्यालयका   प्रधानाध्यापक,पुर्व विद्यार्थी संगठनका पदाधिकारीहरु, संघसंस्थाका प्रमुख एव्ं प्रतिनिधिहरु,संन्चारकर्मीहरु लगायत विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षक कर्मचारीहरुलाई सम्मान गरीएको थियो भने विद्यार्थी तथा शिक्षकहरुले समेत सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वर्ण महोत्सवको अवसर पारेर नीलकण्ठ बालमन्दिर माविको प्राङगणमा निर्माण गरिएको एकता स्तम्भको उद्घाटन गरीएको थियो ।

तत्कालिन नीलकण्ठ माध्यमिक विद्यालयबाट विक्रम संवत २०६१ सालमा एसएलसी दिएका विद्यार्थीहरुले ६० वटा पानीको जार सहयोग गरेका थिए भने पुर्व विद्यार्थी संघले विद्यालयको विकासका लागी नगद १० लाख बराबरको अभिभावक प्रतिक्षालयको स्थापना गर्ने घोषणा गरेका पनि छन् ।

सोही कार्यक्रमको अवसरमा धादिङवेसी आईपुग्नु भएका नेपाली काँग्रेसका उप सभापति एव्ं पुर्व उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले जिल्ला पार्टी कार्यकर्तासंघ भेटघाट गर्नु भएको थियो ।

भेटघाटको क्रममा जिल्लास्थित पार्टीका नेता तथा कार्यकर्ताहरुलाई संम्वोधन  गर्नु हुदै उपसभापती खड्काले पार्टी गुट उपगुटमा गएको छैन । नेपाली काँग्रेस देशका राजनितिक दल मध्यकै ठुलो र विशाल पार्टी भएकोल ठुलो परिवारमा परिवारका सदस्यहरुको आ आफ्ना धारणा र माग  मात्रै फरक आउनु स्वभाविक नै हो भन्नु भएको छ ।

यसैगरी उहाँले वर्तमान सरकारले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृह्रमन्त्री रवी लामिछानेलाई मुलुकको सान्ती सुरक्षाको प्रत्याभुती दिलाउनु पर्ने गृह मन्त्रालय जस्तो मन्त्रीको जिम्मेवारी दिएर गल्ति गरेको बताउनु भएको छ ।

उहाँले गठवन्धन सरकारको सत्ता जोगाउने हिसावले सहकारीमा खाई नखाई बचत गरेका सदस्यको बचतको अपचलन गर्ने व्यक्तिलाई गृह मन्त्री बनाउनुले प्रचण्ड नेतृत्वको सरकारले भुल गरेको बताउनु भयो ।

यो मुलुकमा नेपाली काँग्रेसले जनताको हितमा काम गर्ने भएकोले धादिङका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई नागरिकका समस्या र भावना बुझेर काम गर्न पनि निर्देशन दिनु भएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस