
काठमाडौँ २२ जेठ ।
लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताँजेगाउँ आसपास केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यसअघि गत चैत ४ गते पनि रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।












प्रतिक्रिया दिनुहोस