आज:  | Sat, 27, Jul, 2024

भारतमा सम्पन्न लोकसभा अर्थात् तल्लो सदनको निर्वाचनको आज मतगणना हुंदै

२२ जेष्ठ २०८१, मंगलवार ०७:५० मा प्रकाशित ( १ महिना अघि) १२५ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ जेठ ।

भारतमा सम्पन्न लोकसभा अर्थात् तल्लो सदनको निर्वाचनको मतगणना आज हुँदैछ। ४५ दिनसम्म केन्द्रशासित २८ राज्यमा सम्पन्न भएको निर्वाचन हो। १९ अप्रिलबाट सुरु भएको मतदान सात चरणमा संन्चालन गरी जुन १ मा सम्पन्न भएको थियो। सो निर्वाचनको मतगणनामा स्थानीय समयानुसार अहिले बिहान ८ बजेदेखि सुरु हुनेछ। ​

लोकसभाको कुल ५४३ स्थानका लागि सात चरणमा मतदान भएको हो । यस्तै मतगणना आरम्भ हुनुभन्दा अगाडी नै कैयौँ विपक्षी दलले धाँधली हुने आशङ्का व्यक्त गर्दै विद्युतीय मतदान उपकरण ईभीएमबारे चिन्ता व्यक्त गरेका छन्।

सत्तारुढ भारतीय जनता पार्टीले तेस्रोपटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा उत्रिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन्।

यो पटक पनि जिते प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि मोदी लगातार भारतका तेस्रोपटक प्रधानमन्त्री हुने व्यक्तिमा पर्नेछन्। कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा इन्डिया गठबन्धनमा समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवल गायत कैयौं नेताहरु विपक्षीमा लागेका थिए ।

यस्तै यी सबै नेताहरु भाजपालाई हराउन चुनावी मैदानमा उत्रिएका थिए । पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिई रहेका भएपनि आजबाट सूरु हुने मतगणनाको परिणाम पछि वास्तविक जित कस्ले गर्छ भन्ने बारे जानकारी हुनेछ ।

९७ करोड मतदाता रहेको भारतमा यसपटकको चुनावमा अघिल्लो पटकहरुभन्दा कम मतदान भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस