आज:  | Sat, 27, Jul, 2024

चिया पसलबाट नक्कली नोटको कारोबार गर्ने दुई महिला पक्राउ

२७ जेष्ठ २०८१, आईतवार १७:३५ मा प्रकाशित ( १ महिना अघि) १३९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २७ जेठ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीबाट ५ लाख १४ हजार रुपैयाँ नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन्। शनिबार राति चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डंगोललाई नेपाली एक हजार दरको ५ सय १४ थान नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।

चिया पसल संन्चालक डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले उनको पसलमा खानतलासी गर्दा उक्त नोट फेला परेको हो ।

प्रहरीले डंगोललाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा नागार्जुन नगरपालिका वडा नं।.५ बस्ने ४१ वर्षीया निलम श्रेष्ठको समेत संलग्नता रहेको देखिएपछि श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस