
काठमाडौँ २७ जेठ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीबाट ५ लाख १४ हजार रुपैयाँ नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन्। शनिबार राति चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डंगोललाई नेपाली एक हजार दरको ५ सय १४ थान नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।
चिया पसल संन्चालक डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले उनको पसलमा खानतलासी गर्दा उक्त नोट फेला परेको हो ।
प्रहरीले डंगोललाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा नागार्जुन नगरपालिका वडा नं।.५ बस्ने ४१ वर्षीया निलम श्रेष्ठको समेत संलग्नता रहेको देखिएपछि श्रेष्ठलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस