आज:  | Sat, 27, Jul, 2024

मोटरसाइकल दुर्घटनामा परी गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु

२८ जेष्ठ २०८१, सोमबार ०७:४९ मा प्रकाशित ( १ महिना अघि) १९३ पाठक संख्या
नारी बाटिका


फाईल तस्वीर

सिन्धुली २८ जेठ ।

सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा गस्मतीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ । उनीहरुले लिई गएका मोटरसाइकल दुर्घटना हुँदा ड्युटिमा खटिएका दुई प्रहरीको मृत्यु भएको हो।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकलमा आइतबार नियमित गस्तीमा खटिएका थिए । उक्त दुर्घटनामा परी कमला नगरपालिका(९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका(७ तनहुँका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

घटनाको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै फर्किने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको जनाउनु भयो ।

यस्तै सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस