आज:  | Sat, 27, Jul, 2024

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने गिरोह पक्राउ

२९ जेष्ठ २०८१, मंगलवार १९:३५ मा प्रकाशित ( १ महिना अघि) ११७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २९ जेठ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चारजनालाई  पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ घर भएका पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट, नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।यसैगरी सो ठगी गर्ने गिरोह मध्यमा सोलुखुम्बु घर भएका नारायण कुमार खड्का पनि रहेका छन् ।

उनीहरुले विगत ४ वर्षदेखी कम्तीमा पनि तीन सय जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनु भयो ।

जिसीका अनुसार, उक्त ठगी गिरोहका मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक ,नारायण कुमार खड्का सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् ।”

उनीहरुले तीन सय जनाभन्दा बढी मानिसबाट पाँच लाखदेखि १० लाखका दरले १५ करोडभन्दा बढी रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपल गायतका सामाजिक सञ्जालमा नक्कली आइडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै जागिरका लागि आउनेबाट रकम ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस